भायानेटको वाइफाइ ६ इन्टरनेट र भायाटिभीसँगै ‘अब स्टेडियम घरमै’ अफर सार्वजनिक

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि वाइफाइ ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ हजार आठ सय रुपैयाँ (करसहित) मा उपलब्ध गराएको छ।

कम्पनीका अनुसार उक्त अफरअन्तर्गत सामान्यतया दुई हजार ८२५ रुपैयाँ पर्ने वाइफाइ ६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल एक हजार रुपैयाँ डिपोजिट तिर्नुपर्नेछ। यो प्याकेज छिटो, भरपर्दो तथा आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरूले इन्टरनेट प्याकेजसँगै भ्याट सेवा मासिक २५० रुपैयाँ (करसहित) मा थप गर्न सक्नेछन्। भायाटिभीमार्फत दुई सयभन्दा बढी च्यानल, लाइभ टिभी पज तथा रेजुम, कार्यक्रम तालिका, चलचित्र र सिरिजलगायतका मनोरञ्जनात्मक सामग्री हेर्न सकिने व्यवस्था रहेको छ।

कम्पनीले वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको दुई हजार २६० रुपैयाँबराबरको सक्रिय शुल्क छुट दिने जनाएको छ। सेट–टप–बक्सका लागि भने एक हजार रुपैयाँ डिपोजिट लाग्नेछ।

यसैगरी, ग्राहकलाई थप लाभ उपलब्ध गराउने उद्देश्यले भायानेटले वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले एक हजार पाँच सय रुपैयाँबराबरको एकवर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन्। डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकका लागि मात्र लागू हुनेछ।

कम्पनीले यस सिजनको प्रचार अभियान ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै’ नारासहित सञ्चालन गरेको छ।

See More On

सुझावित समाचार