समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालककाे विवरण सार्वजनिक गरेकाे छ । समितिले बुधबार सूचना जारी गरेर २३ वटा समस्याग्रस्त सहकारीका सञ्चालककाे विवरण सार्वजनिक गर्दै लुकाएकाे सम्पत्तिकाे सूचना दिन आह्वान गरेको हो।
सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाइएको जानकारी भए समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना दिन माग गरेको हो ।
समितिको निर्देशन अटेर गरे कारबाहीकाे भागीदार बन्नुपर्ने समितिले जनाएको छ ।
