फ्लोरिडामा इंग्ल्यान्डको प्रशिक्षण

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

इंग्ल्यान्डले आगामी फिफा विश्वकप फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ । अमेरिकाको मौसम बारे थाहा पाउन प्रशिक्षक थोमास टुचेलले फ्लोरिडामा खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

प्रशिक्षक टुचेलले अन्तिम टोली घोषणा गरेका छैनन् । तर, फ्लोरिडामा प्रशिक्षण गरिरहेका अधिकांश खेलाडी विश्वकप टोलीमा पर्न सक्ने बिबिसीले जनाएको छ । इंग्ल्यान्डले आफ्नो समूहमा क्रोएसिया, घाना र पानामासँग प्रतिस्पर्धा गर्नेछ । सन् १९६६ मा इंग्ल्यान्ड एकपटकमा मात्र विश्वकप जितेको थियो । त्यसयता इंग्ल्यान्ड विश्वकप उपाधिविहीन छ । 

See More On

सुझावित समाचार