‘प्रहरी हुँ’ भन्दै सर्वसाधारण तथा लागुऔषध दुर्व्यसनीहरूलाई प्रलोभनमा पारी लुटपाट र कुटपिट गरेको आरोपमा प्रहरीले टोखाबाट एकजनालाई पक्राउ गरेको छ।
विभिन्न व्यक्तिहरूलाई फोन गरी अपशब्द प्रयोग गरी गालीगलौजसमेत गरेको अभियोगमा नुवाकोटको तादी गाउँपालिका– २ घर भई काठमाडौं महानगरपालिका– ३ बस्ने २४ वर्षीय साजन प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार टोखा नगरपालिका– ३, चण्डेश्वरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो।