प्रतिनिधिसभाको विषयमा राष्ट्रिय सभा अवरोध नगर्न अध्यक्ष दाहालको आग्रह

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा अवरोध नगर्न सांसदहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाको विषयमा प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभाका सदस्यहरूले बैठक अवरुद्ध गरेपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीजीले बोलेको यो सभामा होइन, प्रतिनिधिसभामा हो। उतै गएर जे गर्नुहुन्छ गर्नुहुन्छ। हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो,’ उनले भने। राष्ट्रिय सभाले अहिलेसम्म सरकारका कामलाई शतप्रतिशत समर्थन गरेको उल्लेख गर्दै दाहालले यो विषयमा शतप्रतिशत विरोध भएको सन्देश गइसकेको बताए।

आफूहरूको काम सन्देश दिने भएको प्रस्ट पार्दै उनले भने, ‘अहिलेसम्म मलाई लाग्छ प्रायः शतप्रतिशत समर्थन नै गरेका छौँ । विरोध पनि शतप्रतिशत नै भयो । शतप्रतिशत विरोध भयो भन्ने सन्देश गयो, प्रधानमन्त्रीकहाँ पुगेको छ यो कुरा ।  नेपाल सरकारकहाँ पनि पुग्यो, सारा राजनीतिक क्षेत्रमा पुगेको छ।’

विपक्षीको अवरोधले बैठक बुधबार १२ः१५ बजेसम्मका लागि स्थगित भएको छ।

सुझावित समाचार