कांग्रेसले छाया सरकार होइन, विषयगत समिति गठन गरेको हो : भीष्मराज आङ्देम्बे

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले छाया सरकार वा छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्।

उनले कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू मात्र तोकिएको बताए। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरी संसदीय गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

आङ्देम्बेले यसलाई सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्ने प्रयासका रूपमा बुझ्न नहुने उल्लेख गरे। उनका अनुसार विगतमा नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने अवधारणा प्रयोग हुने गरे पनि कांग्रेसले अहिले त्यस्तो कुनै संरचना निर्माण गरेको छैन।

हालै कांग्रेसले छाया सरकार गठन गरेको भन्ने आशयका समाचार सार्वजनिक भएपछि आङ्देम्बेले उक्त विषयमा स्पष्टीकरण दिएका हुन्।

सुझावित समाचार