२२ जेठदेखि फिन इलेक्ट्रो–टेक

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

फिन इलेक्ट्रो–टेक २०२६ को १२औँ आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा प्रदर्शनी २२ देखि २५ गते जेठसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुन लागेको हो । फिन इलेक्ट्रो–टेक प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

विगत तीन दशकभन्दा बढी समयदेखि आयोजित यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्तालाई एउटै थलोमा ल्याई ज्ञान, प्रविधि र व्यावसायिक अवसरको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ ।

नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको बताइएको छ ।

विद्युत् उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणालीको विस्तार, विद्युत् खपत अभिवृद्धि, विद्युतीय सवारीसाधनको प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको वर्तमान राष्ट्रिय आवश्यकताअनुरूप यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ ।

आगामी आवको बजेटले विद्युत् तथा ऊर्जा क्षेत्रमा जगाएको र यस्ता नीतिगत प्राथमिकतालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक विद्युतीय सामग्री, उपकरण, प्रविधि तथा सेवाको जानकारी, प्रदर्शन र व्यावसायिक सहकार्यका लागि यो प्रदर्शनी प्रभावकारी साझा मञ्च बन्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार