संस्कृति र इबिए क्वार्टरफाइनलमा

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

संस्कृति शिक्षा सदन र इडेन ब्रिज एकेडेमी (इबिए) दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको महिलातर्फ सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

संस्कृतिले विजेश्वरीलाई २४–१२ ले पराजित गर्यो । इबिएले ज्ञानोदयलाई ३२–२२ ले हरायो । महिलामा आयोजक तेजस्वी एकेडेमीले केभिकेएसएसलाई ८–७ ले हरायो । बागमतीले हिमशिलामाथि २५–२४ को जित निकाल्यो ।

फेरिल्यान्डले बेलमोन्टलाई २१–१५ ले हरायो । पुरुषतर्फ टिआइएले क्यान्भास वसन्त ऋतुलाई ३८–२१ ले निराश बनायो । ज्ञान संस्कारले किन्डर गार्टेनलाई १६–१० ले हरायो ।

ज्ञानोदयले ग्रिनल्यान्डलाई २४–१६ को स्कोरमा पाखा लगायो । न्युटनले गण्डकीलाई ४५–३३ र लालीगुराँस नेसनल एकेडेमीले अरुणीलाई ४०–३० ले पन्छाए ।  

See More On

सुझावित समाचार