प्रहरीले सल्यानको एक सामुदायिक वनमा लुकाएर राखेको दुई नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । त्रिवेणी गाउँपालिका– ५, डाँडासल्लेस्थित शान्ति सुरक्षा सामुदायिक वनबाट दुई नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सामुदायिक वनमा अवैध बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा दुई नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीको सक्रियता बढेसँगै जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक बरामद हुँदै आइरहेको छ ।