प्रधानमन्त्री शाहलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव - सत्य बोल्नुस्, तर अप्रिय होइन

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन र ‘अप्रिय सत्य’ नबोल्न सुझाव दिएका छन्।

आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले देश र जनताले धेरै आशा गरेका युवा इन्जिनियर तथा प्रधानमन्त्री शाहलाई मित्रवत् सुझाव दिएको बताएका हुन्।

उनले प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएकोप्रति सकारात्मक टिप्पणी गर्दै पदमा रहँदासम्म नीति–शास्त्रको एक महत्त्वपूर्ण पद्यांश स्मरण गर्न आग्रह गरेका छन्।

भट्टराईले लेखेका छन्, 'सत्यं ब्रुयात् प्रियं ब्रुयात्, न ब्रुयात् सत्यमप्रियं' अर्थात् 'सत्य बोल, प्रिय बोल, तर अप्रिय सत्य नबोल।'

प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै नेपाल–भारत सीमा विवादबारे टिप्पणी गरेका थिए। उनले भारतले मात्र नेपालको भूमि नमिचेको, नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विभिन्न राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

सुझावित समाचार