टिकटकर तुल्सी अधिकारी इन्टरपोलको सहयोगमा पक्राउ

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

प्रहरीले टिकटकर तुल्सी अधिकारीलाई इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो। 

व्यवसायी कुमार चिमोरियालाई ट्रयापमा पारेर चार करोड ५० लाख ठगी गरेको उजुरीमा उनीविरुद्ध प्रहरी वृत्त जावलाखेलले मुद्दा दायर गरिसकेको छ। मुद्दा दायर हुँदा उनी चीनमा थिइन्। 

चीनबाट थाइल्यान्ड जाने क्रममा उनी पक्राउ परेकी हुन्। उनलाई शनिबार बेलुका नेपाल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ। सोमबार उनलाई अदालतमा पेस गर्ने तयारी छ। 

सुझावित समाचार