इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले पोखराको एक विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ। पोखराको अमरसिंह चोकस्थित अमरसिंह माध्यमिक विद्यालयलाई कम्पनीले खेलकुद सामग्री सहयोग गरेको हो।
वाइफाई नेपालका ब्रान्ड एम्बास्डरसमेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, वाइफाई नेपालका सिइओ शत्रुहन पञ्जियारले सहयोग खेलकुद सामग्री विद्यालयका प्रधानाध्यापक बलराम पोखरेललाई हस्तान्तरण गरेका थिए। खेलकुदप्रति विद्यार्थीहरूको रुचि जगाउने, अनुशासन विकास गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको सिइओ पञ्जियारले जानकारी दिए।
विद्यार्थीहरूको समग्र मानसिक तथा शारीरिक विकासका लागि शिक्षासँगै खेलकुद उत्तिकै आवश्यक रहेको उनले बताए। कम्पनीले आगामी दिनहरूमा देशका अन्य क्षेत्र र विद्यालयहरूमा समेत यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै लैजाने योजना बनाएको जानकारी उनले दिएका थिए। देशभर गुणस्तरीय इन्टरनेट र डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यसहित कम्पनी अघि बढेको उनले बताएका थिए।
ब्रान्ड एम्बास्डर खड्काले कम्पनीको सामाजिक कार्यमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै विद्यार्थीको पढाइसँगै खेलकुदबिच सही सन्तुलन मिलाउन आग्रह गरेका थिए। उनले विद्यार्थीको भविष्यका लागि शिक्षा र खेलकुद दुवैको उत्तिकै महत्त्व रहेको बताएका थिए।
प्रधानाध्यापक पोखरेलले निजी क्षेत्रबाट शिक्षा र खेलकुदको विकासमा हुने यी र यस्तै सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन ठुलो भूमिका खेल्ने भन्दै प्राप्त खेलकुद सामग्रीहरूको प्रभावकारी उपयोग गर्ने बताएका थिए।