कजाखस्तानलाई ३–१ को सेटमा हराउँदै इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
इरानले लगातार दोस्रोपटक उपाधि जितेको हो । सन् २०२५ मा पनि इरान नै च्याम्पियन भएको थियो । शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा इरानले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेट २५–१९ ले जित्दै कजाखस्तानले खेलमा पुनरामगन गरेको हो । तर, ब्लक र सिरिभमा सानदार प्रदर्शन गर्दै इरान तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा समेत दबदबा कायम राख्दै इरान २५–२१ ले विजयी भएको हो ।
बिहीबार भएको सेमिफाइनलमा इरानले नेपाल र कजाखस्तानले भारतलाई पराजित गर्दै उपाधिनजिक पुगेका थिए । शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भयो । तेस्रो स्थान हासिल गरेको भारतले नेपाललाई २५–२२, २५–२३, १५–२५, २५–२२ ले पराजित गरेको थियो ।
जेठ ८ बाट सुरु भएको प्रतियोगितामा नेपाल, भारत, इरान र कजाखस्तानसहित माल्दिभ्स, किर्गिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी भएका थिए ।