सरकारले दलित बालबालिकाको बालपोषण भत्ता करिब दोब्बर बनाएको छ।
हाल मासिक ५२२ रुपैयाँ पाउँदै आएका दलित बालबालिकाले आगामी आर्थिक वर्षबाट एक हजार पाउने भएका छन्। सरकारले कुपोषण न्यूनीकरण र बालबालिकाको स्वास्थ्य सुधारका लागि लक्षित वर्गलाई पोषण भत्ता प्रदान गर्दै आएको छ। मानव विकास सूचकांकमा पछि परेका मधेश, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरू तथा दलित समुदायका पाँच वर्षमुनिका बालबालिकालाई यस्तो भत्ता विवरण हुँदै आएको छ।