तीन महिनाको माग धान्ने पेट्रोलियम भण्डारण गृह बनाउन ‘मातृभूमि कोष’ बनाइने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

मुलुकको कुल खपतको तीन महिनाको माग धान्न पुग्ने क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह बनाउन आगामी आर्थिक वर्ष ०८३/८४ मा मातृभूमि कोष निर्माण गरिने भएको छ ।

अहिले भने १५–२० दिनको माग धान्न सक्ने भण्डारण गृह मात्रै छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट उठाउँदै आएको सडक मर्मत दस्तुर शुल्क, प्रदूषण शुल्कलगायतलाई एकीकृत गरी ‘हरित कर’ शीर्षकमा एकमुस्ट रकम उठाउने प्रावधानसमेत लागू गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेका छन् ।

सुझावित समाचार