मानव अधिकार आयोगको प्रतिवेदन अपूर्ण : एमाले

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अपूर्ण भएको टिप्पणी गरेको छ । आयोगको प्रतिवेदनबारे नेतृत्व तहका नेताहरूबिच अनौपचारिक परामर्श भएपछि मात्र औपचारिक धारणा बाहिर ल्याउने एमालेको तयारी छ ।

तर महासचिव शंकर पोखरेलले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गरेका हुन् । पोखरेलले प्रतिवेदन तयार पार्दा आयोग शक्तिसँग डराएको र झुकेको आभास भए पनि कार्की आयोगभन्दा केही विस्तृत तर अपूर्ण भएको बताएका छन् ।

‘शक्तिसँग डराएको/झुकेको आभास हुने मानव अधिकार आयोगको प्रतिवेदन ! कार्की आयोगभन्दा केही विस्तृत तर अपूर्ण, डर त सबैलाई लाग्ने रैछ,’ उनले भनेका छन् । पोखरेलले शक्ति –प्रधानमन्त्री र सेना) लाई इंगित गर्न खोजेका छन् ।

आयोगले प्रतिवेदनमा प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाबारे विस्तृतमा केही बोलेको छैन ।२३ र २४ भदौको जेन–जी आन्दोलनमा भएको घटनाको छानबिन गर्दै आयोगले दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली र उनकै क्याबिनेटका दुई मन्त्रीलाई दोषी ठहर गर्दै फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो । 

See More On

सुझावित समाचार