नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा सम्बोधन नगर्नु प्रधानमन्त्रीको गैरजिम्मेवारीपन हुने बताएकी छिन्।
संसदीय दलको बैठकपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई सम्बोधन नगर्ने भन्ने विषयमा पत्रकारले गरेको प्रश्नमा थापाले यस्तो प्रतिक्रिया दिएकी हुन्।
‘यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीकै रूपमा लिन्छु। किनभने, अहिलेसम्मको अभ्यासमा यो भएको छैन। कि होइन भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्यो,’ उनले भनिन्।