धनबहादुर राईलाई धरानको मेयरको उम्मेदवारका रूपमा अघि सार्ने हर्क साम्पाङको घोषणा

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाको आगामी मेयरका लागि  आफ्नाे उम्मेदवार सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई मेयर पदका लागि अघि सारिएको जानकारी दिएका छन्।

साम्पाङले जनमत, अनुभव र राजनीतिक अवस्थाको मूल्यांकनपछि राईलाई उपयुक्त उम्मेदवारका रूपमा छनोट गरिएको बताएका छन्। उनले पार्टीको भविष्य र नेतृत्व निरन्तरताका दृष्टिले यो निर्णय गरिएको संकेत गरेका छन्।

राई यसअघि नेकपा एमालेबाट धरान– ४ का वडाध्यक्ष निर्वाचित भएका थिए। पछि उनी एमाले छोडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। 

सुझावित समाचार