सल्यानबाट १९१ क्युफिट अवैध काठ बरामद

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

सल्यानबाट बाँकेको नेपालगन्ज लाँदै गरेको अवैध काठसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। बनगाड कुपिन्डे नगरपालिका– १, सल्लीबजारदेखि नेपालगन्ज लाँदै गरेको १९१.७८ क्युफिट (२३२) थान मसला जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

काठसहित ढुवानीमा संलग्न चालक र सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।

बरामद गरिएको काठ, चालक र साधनलाई आवश्यक कारबाहीका लागि सबडिभिजन वन कार्यालय बनगाडमा पठाइएको उनकाे भनाइ छ । 
 

सुझावित समाचार