एनसेलले पायो आइएसओ ९००१ र १४००१

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

एनसेलले प्रतिष्ठित आइएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्डले कम्पनीको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको बताइएको छ । 

आइएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानले आवश्यक प्रक्रिया अपनाउने गरेको सुनिश्चित गर्छ । त्यसैगरी, आइएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्छ, जसले संस्था तथा व्यवसायलाई उनीहरूको वातावरणप्रतिको जिम्मेवारी, फोहोरमैला व्यवस्थापन र विद्यमान कानुन तथा नियम प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्छ ।

एनसेलले पुस २०८१ मा आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआइएमएस)को मान्यताप्राप्त गरेको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको छ । यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवाप्रदायक हो । यी दुई प्रमाणीकरणले कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्ने बताइएको छ । 

See More On

सुझावित समाचार