ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डर बजारमा

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

बढ्दो गर्मीलाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड ब्ल्याक प्लस डेकरले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार अत्यधिक गर्मीको समयमा शरीरलाई डिहाइड्रेसनबाट जोगाउन र ऊर्जावान् राख्न ताजा तथा झोलिलो पेय पदार्थ आवश्यक पर्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यी उपकरण बजारमा ल्याइएको हो । 

जुस र स्मुदी तयार गर्न सहज बनाउने उद्देश्यले डिजाइन गरिएका यी उत्पादन समय बचत र प्रयोगमैत्री छन् । कम्पनीको प्रिमियर जुसर जेई८०० बी फाइभ मोडेलमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ । यसमा रहेको ७५ एमएमको ठुलो फिडिङ ट्युबमार्फत फलफूललाई स–साना टुक्रा नगरी सिधै राखेर जुस निकाल्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, एसबिएक्स ३०० बी फाइभ पर्सनल स्पोर्टस् ब्लेन्डर विशेषगरी फिटनेसप्रेमी तथा व्यस्त जीवनशैली भएका प्रयोगकर्तालाई लक्षित गरिएको छ । ३०० वाट क्षमताको यस ब्लेन्डरमा रहेको ५०० एमएल ट्राइटन स्पोर्टस् बोतलमै स्मुदी तयार गरेर अफिस वा जिम लैजान सकिने सुविधा छ । परिवारका लागि उपयुक्त हुने बिएक्स ६५० जी–बी फाइभ ब्लेन्डरमा ७०० वाटको हाई–स्पिड मोटर र १.७ लिटर क्षमताको ग्लास जार रहेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार