गरिमा क्यापिटलका कर्मचारीलाई तालिम

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

गरिमा क्यापिटल लिमिटेडका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंकवादमा वित्तीय लगानी निवारण (सिएफटी)सम्बन्धी तालिम दिइएको छ । एएमएल नेपालले गरिमा क्यापिटलका कर्मचारीलाई धितोपत्र बजारकेन्द्रित एकदिने एएमल–सिएफटी तालिम प्रदान गरेको हो । 

तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमल–सिएफटीसम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको बताइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय एएमल–सिएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्डको निर्देशनअनुसार बजार मध्यस्थकर्ताको भूमिका तथा जिम्मेवारीका साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षालगायतका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो । 

तालिमको सहजीकरण श्रीधर अधिकारी र लेखनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा गरिमा क्यापिटलका कर्मचारीको उत्साहजनक सहभागिता थियो । सहभागीले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौती तथा उत्कृष्ट अभ्यासबारे छलफल गरेका थिए । कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिले नेपालको पुँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल–सिएफटी अनुपालन अपरिहार्य रहेको उल्लेख गरे । 

सुझावित समाचार