कानुनमन्त्री गौतमसँग इजरायली राजदूतको शिष्टाचार भेट

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल र इजरायलबिच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्षमा प्रवेश गर्दै गर्दा इजरायल सरकारले कानुनमन्त्रीमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबिचको सम्बन्धलाई थप सुदृढ गर्न कानुनी दस्ताबेजहरू निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनवटै तहका कानुनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिइन्।

एकीकृत कानुनी सहायता, पारस्परिक कानुनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको गौतमले छलफलमा उल्लेख गरिन्।

सुझावित समाचार