नेपाल प्रहरीको सहायक हवल्दार हुँ भन्दै नक्कली आइडी कार्ड देखाएर ठगी गरेको आरोपमा प्रहरी वृत्त गौशालाले एकजनालाई पक्राउ गरेको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका– ३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ९ बस्ने ३४ वर्षीय आशिष सुनुवारलाई प्रहरीले गौरीघाट गुह्वेश्वरीनजिकबाट बुधबार दिउँसो १२ बजेतिर नियन्त्रणमा लिएको हो।
सुनुवारले चाबहिललगायतका स्थानमा केही समयअघिदेखि प्रहरीको नक्कली आइडी कार्ड देखाएर विभिन्न होटेल व्यवसाय तथा स्थानीय व्यक्तिहरूलाई डरत्रास देखाउने गरेको पाइएको प्रहरीले जनाएको छ।