टिओबीमाथि सूक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण
टिओबीमाथि सूक्ष्म अनुसन्धान गर्न आयोगको सिफारिस

फाइल तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगले टिओबी समूहमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारस गरेको छ। टिओबीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई योजनाबद्ध तवरबाट उक्साएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

‘यिनीहरू कसैबाट सञ्चालित हुन् कि होइनन् ? भन्ने विषय अनुसन्धान प्रतिवेदनवाट नदेखिएको हुँदा उल्लेखित प्रदर्शनकारीहरूलाई उक्साउने, भड्‌काउनेमा स्पष्ट रूपमा संलग्न देखिएको टिओबी लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टिओबी लेखिएको ट्याटु खोपेका १५–२० जनाको बाइकर ग्रुपको वास्तविक अवस्थाबारे थप अनुसान्धान गरी निष्कर्षमा पुग्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

आयोगले भदौ २३ गते एभरेस्ट होटेलअगाडिको प्रदर्शन हामी नेपाल संस्थाका सुदन गुरुङले नेतृत्व गरेपछि मुठभेड र झडप भई हुलद‌ंगामा परिणत भएको औँल्याएको छ। प्रतिवेदनमा भनिएको छ, ‘तत्पश्चात् मात्रै सुरक्षाकर्मीबाट अश्रुग्यास र पानीको फोहोरा प्रयोग भएको पाइयो।’

सुझावित समाचार