सडक बनाउनभन्दा भत्काउन बढी खर्च भइरहेको छ : तोसिमा कार्की

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद तोसिमा कार्कीले नेपालमा सडक बनाउनभन्दा भत्काउन बढी खर्च भइरहेको बताएकी छिन् ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले खानेपानी, ढल, बिजुलीको नाममा बनिसकेको सडक केही महिनामै फेरि भत्काउने प्रवृत्ति रहेको उल्लेख गरिन् ।

यस्तो लापरबाहीपूर्ण कामले जनताले अनावश्यक सास्ती खेप्नुपरेको उल्लेख गरिन् । सडक पिच गर्नुअघि सबै निकायसँग अनिवार्य समन्वय हुने गरी एकीकृत पूर्वाधार योजना प्रणाली यो सरकारले आउँदो आर्थिक वर्षबाट अनिवार्य लागू गर्न अनुरोध गरिन् ।

उनले सडक बनाएर छाड्ने मात्र नभई मर्मत र सुरक्षित बनाएर राख्ने काम पनि सरकारको भएको उल्लेख गरिन् । 

सुझावित समाचार