प्रतिनिधिसभाको हल फिल्महलजस्तो हुनुहुँदैन : ऐनबहादुर महर

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको हलफिल्म हलजस्तो हुन नहुने तर्क गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले १५ गतेबाट सञ्चालनमा आउन लागेको नवनिर्मित सभाहलभित्र फिल्महलको जस्ता सिट र सभाहल कक्षाकोठाको जस्तो बनाइएको भन्दै आपत्ति जनाए। सभाहल प्रतिनिधिसभा हलजस्तो बनाइयोस् भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्। 

उनले पूर्ववर्ती सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासलाई वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारले भत्काउने, तोड्ने र नामेट पार्ने काम गरिरहेको आरोप लगाए । तर, सरकारले संसद् भवन चलाउने र कायम राख्ने निर्णयको भने आफूले स्वागत गरको उल्लेख गरे । सोही भवनको  सभामुखले निरीक्षण गरेको भन्दै उनले धन्यवादसमेत  दिए । 

सुझावित समाचार