सभामुखसँग हर्क साम्पाङको जिद्दी– कि मलाई निकाल्नुस् कि प्रधानमन्त्री ल्याउनुस्

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएको भन्दै आजको संसद् बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका साम्पाङलाई सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिए ।

उनले भने, ‘सभामुख ज्यू ! सदनमा प्रधानमन्त्री खोजेको धेरै भयो । तपाईंले रुलिङ गरेर ल्याउन सक्नुभएन । कि त नियमावली १५(२) प्रयोग गरेर प्रधानमन्त्री बोलाउनुस् कि त ३१ को १ प्रयोग गरेर मलाई यहाँबाट निकाल्नुहोस् ।’ उनले सभामुखको पनि आफ्नै बाध्यता भएको भन्दै भने, ‘म यहाँ बदमास विद्यार्थीजस्तो देखिएको छु, मलाई निष्कासन गर्ने आदेश दिनुस् । सदनको गरिमा यसरी कायम हुन सक्दैन।’ 

त्यसपछि सभामुखले कसलाई रुलिङ गरेर बोलाउनुपर्ने, कसलाई बोलाउनु नपर्ने भन्ने कुरा सभामुखको कार्यक्षेत्र भएकाले सांसदहरूले यस्तो निर्देशन दिने प्राक्टिस नभएको उल्लेख गरेपछि साम्पाङ सभाहलबाट बाहिरिए । 

सुझावित समाचार