सन् १९८५ : हङकङ सहर चीनलाई फिर्ता गर्नेसम्बन्धी ६ महिनाअघि चीन–बेलायतबिच जारी संयुक्त घोषणापत्र यसै दिनबाट कार्यान्वयनमा आयो । यही घोषणापत्रअनुसार सन् १९९७ जुलाई १ मा सो टापु बेलायतको शासनबाट चीनमा फर्कियो ।
सन् १७०३ : हालको रुसको दोस्रो ठुलो सहर सेन्ट पिटरबर्गको स्थापना यसै दिन सम्राट् पिटर महान्ले गरेका थिए ।
सन् १९०५ : ‘सुसिमा युद्ध’मा जापानले रुसलाई पराजित गर्दै आफूलाई उदाउँदो शक्तिका रूपमा प्रस्तुत गर्यो । यो युद्धको तरंगले सो वर्ष रुसमा उठेको क्रान्तिलाई प्रेरित गरेको मानिन्छ ।
सन् १९३७ : अमेरिकाको सन्–फ्रान्सिस्को सहरमा चार वर्षमा बनेर तयार भएको चर्चित ‘गोल्डेन गेट पुल’ सर्वसाधारणका लागि खुल्यो । निर्माण सम्पन्न हुँदा १.६ किमि लम्बाइको यो पुल विश्वको सबैभन्दा लामो र अग्लो झोलुंगे पुल थियो ।
सन् १९६० : टर्किस गणतन्त्रको इतिहासको पहिलोपटक सैन्य कु भयो ।
सन् १९९७ : रुसी राष्ट्रपति बोरिस यल्तसिन, अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र नेटो प्रमुखले नेटो र रुसबिच सम्बन्ध सहज बनाउने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर गरे । यसले नेटोको पूर्वी युरोपतर्फको विस्तार खुलाएको मानिन्छ ।