प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।
मंगलबार बिहान काठमाडौं र नयाँदिल्लीस्थित इयूआबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भएको भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र आपसी सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेपाल र इयू सदस्य राष्ट्रबिचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदान–प्रदान भएको बताइएको छ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।