उखु किसानलाई चिनी मिलको बक्यौता भुक्तानी र सरकारी अनुदान तत्काल उपलब्ध गराउन सांसद सिंहको माग

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद अमरेशकुमार सिंहले चिनी मिलले उखु किसानको भुक्तानी नदिएको भन्दै तत्काल उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले सरकारले दिनुपर्ने अनुदान पनि नपाएकाले तत्काल अनुदान दिन पनि आग्रह गरे ।उनले किसानलाई समयमै मलको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे । 

रोपाइँको सिजन सुरु हुन लागेकोमा उनले भने, ‘अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन। १०–१५ दिनपछि रोपाइँको सिजन सुरु हुन्छ ।’

सुझावित समाचार