सन् १९६९ : अन्तरिक्षको अनुसन्धानपछि अन्तरिक्षयान एपोलो १० आजकै दिन पृथ्वीमा सुरक्षित ढंगले फर्कियो ।
सन् १८६८ : अमेरिकी पूर्वराष्ट्रपति एन्ड्रयु जोन्सनले महाभियोगका सबै आरोपबाट सफाइ पाए ।
सन् १९४० : दोस्रो विश्वयुद्धको समयमा बेलायतद्वारा फ्रान्सको डुनर्किकबाट आफ्ना सेना फिर्ता गर्न सुरु ।
सन् १९६६ : गुयाना स्वतन्त्र घोषित भएको दिन । गुयाना पहिला डच र त्यसपछि बेलायतको उपनिवेश थियो ।
सन् १९७२ : सोभियत युनियन र अमेरिकाद्वारा एन्टी–ब्यालिस्टिक मिसाइल (एबिएम) सन्धिमा हस्ताक्षर । एबिएम सन्धिले आणविक क्षेप्यास्त्रविरुद्ध एन्टी–ब्यालिस्टिक मिसाइल कबचको स्थापनालाई नियमन गर्यो । यो शीतयुद्धको समयमा दुई महाशक्तिबिचको सबैभन्दा महत्वपूर्ण सन्धि थियो ।