थापाथलीस्थित बागमती नदीकिनारको सुकुमवासी बस्ती वैशाख दोस्रो साता डोजर चलाएर भत्काएपछि भग्नावशेष पनि हटाइएको छ । पूर्वाधार विकास मन्त्रालयले थापाथली क्षेत्रसहित काठमाडौं उपत्यकाका नदीकिनार (सार्वजनिक जग्गा खाली गरिएका क्षेत्र)मा हरियाली पार्क, ढल प्रशोधन केन्द्र बनाउने गरी अध्ययन गरिरहेको छ ।
यसबाहेक आवश्यकता रहेको क्षेत्रमा करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढाउने तयारी छ । करिडोरमा पूर्वाधार विकासका लागि आगामी बजेटमा योजना राख्न पूर्वाधार मन्त्रालय र प्रधानमन्त्री कार्यालयका इन्जिनियरहरूले अध्ययन गरिरहेका छन् ।