समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

समितिले सोमबार सूचना जारी गर्दै घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी तथा आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नामावली सार्वजनिक गरेको जनाएको हो।

समितिका अनुसार सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र ऋण भुक्तानी नगरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

समितिले अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, ऋणीहरूलाई ढिलाइ नगरी कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।

समितिले पछिल्लो समय समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूको नाम सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

सुझावित समाचार