भोलि बिहान इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि मंगलबार नेपालस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग  संयुक्त भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत २५ गते प्रधानमन्त्रीले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक छलफल गरेका थिए।

मंगलबारको सामूहिक भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जनाएकी छिन्।

सुझावित समाचार