सदस्यता अद्यावधिक कार्य टुंग्याउन कांग्रेसले नेताहरूलाई जिम्मेवारी तोक्यो

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन नेताहरूलाई जिम्मेवारी तोकेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको हो।

कोशी प्रदेशको जिम्मेवारी डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनी अमरसिंह पुनलाई जिम्मेवारी दिइएको छ।

नेताहरूले सबै संगठनात्मक संरचनाहरूलाई प्रयोग गरी क्रियाशील सदस्यता अद्यावधिक कार्यको अनुगमनसमेत गर्नेछन्।

सुझावित समाचार