सिन्धु विकास बैंकको सिइओमा गणेशकुमार केसी

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

सिन्धु विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले जेठ ११ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष कार्यकालका लागि केसीलाई सिइओ नियुक्त गरेको हो।

केसीसँग सात वर्षभन्दा बढीको कार्यकारी तहमा काम गरेको अनुभवसमेत गरी २० वर्षभन्दा बढी समयको बैंकिङ क्षेत्रको अनुभव रहेको बैंकले जनाएको छ। उनी चार्टर्ड एकाउन्टेन्टसमेत हुन्।

सुझावित समाचार