पोखरामा नेकपानिकट मजदुर संगठनले फिर्ता गर्‍यो भवन

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक/ऐलानी/पर्ती जग्गा खाली गराउन सूचना जारी गरेको शनिबार ३५ दिन पुगेको छ । सूचनामा सार्वजनिक जग्गा मिचेर सँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनिएको थियो । यसबिचमा केहीले आफूले निर्माण गरेको संरचना आफैँ भत्काएका छन्, केहीले बस्दै आएको संरचना छाडेर गएका छन् ।

केहीले भत्काउन सुरु गरेका छन् भने केहीले भवन महानगरलाई हस्तान्तरण गरेका छन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा– ९ पृथ्वीचोकस्थित नेपाली कम्युनिस्ट पार्टीनिकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले प्रयोग गर्दै आएको भवनसहितको चार रोपनी जग्गा शनिबार फिर्ता गरेको छ ।

महासंघले ०६७ मा करिब एक करोड ५३ लाखको लागतमा निर्माण गरेको १३ कोठे भवन शनिबार महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले पोखराका मेयर धनराज आचार्यलाई हस्तान्तरण गरेका थिए ।

पृथ्वीचोकस्थित जग्गामा नेकपासँगै कांग्रेस, एमालेका मजदुर संघ, संगठनले समेत लामो समयदेखि भवन बनाएर भाडा असुल्दै आएका छन् । नेकपाका मजदुरले आफूले प्रयोग गर्दै आएको भवन हस्तान्तरण गरे पनि कांग्रेस र एमालेनिकटका मजदुरले आफूले प्रयोग गर्दै आएको भवन भने खाली गरेका छैनन् । 

See More On

सुझावित समाचार