नेप्से १६ अंकले वृद्धि, कारोबार रकममा सुधार

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से १६.३८ अंकले बढेर दुई हजार ७५८.४९ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेको छ।

शुक्रबार ३३६ कम्पनीका एक करोड आठ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ। बिहीबार तीन अर्ब ८९ करोडको सेयर किनबेच भएको थियो।

आज व्यापार समूह ०.४२ प्रतिशतले गिरावट हुँदा बाँकी सबै १२ समूहमा वृद्धि देखिएको छ। जलविद्युुत् समूह १.२९ प्रतिशतले उकालो लाग्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

बजार बढेको दिन क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले १४.८१ प्रतिशत आम्दानी गरेका छन्। मबिलुङ इनर्जी र बुंगाल हाइड्रो नौ प्रतिशतभन्दा धेरैले बढेका छन्। सर्वाधिक गुमाउनेमा एनआइसी एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ता छन्। उक्त धितोपत्र दुई प्रतिशत भन्दा धेरैले घटेको छ।

सुझावित समाचार