गोदरेज ब्रान्डले विभिन्न एयर कुलरमार्फत नेपाली बजारमा आधुनिक कुलिङ समाधान उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार अहिले एयर कुलर केवल गर्मी छल्ने उपकरण मात्र नभई दैनिक जीवनको सहजतासँग जोडिएको घरेलु सामग्रीका रूपमा स्थापित हुँदै गएको छ ।
जसमा स्नोचिल, चिलप्रो, कुलब्लास्ट प्लस, कुलब्लास्ट तथा एज मिनीकुल मोडेल रहेका छन् । आकर्षक डिजाइन, सहज प्रयोग र राम्रो कुलिङ अनुभवका कारण गोदरेज कुलरले बजारमा छुट्टै पहिचान बनाएको कम्पनीको दाबी छ । यी कुलरमा शक्तिशाली कुलिङ क्षमता, धेरै हावा फाल्ने प्रणाली, हनिकम्ब प्याड, थर्मल ओभरलोड प्रोटेक्सन तथा आइस ड्रिप प्रविधिजस्ता सुविधा समावेश गरिएको बताइएको छ ।
साथै, केही मोडेलमा एन्टी ब्याक्टेरियल ट्यांक तथा एन्टी ब्याक्टेरियल कुलिङ प्याडसमेत प्रयोग भएको छ । यसले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्ने कम्पनीको भनाइ छ । साथै, ह्युमिडिटी कन्ट्रोल, फोरवे स्विङ तथा ड्राई रन प्रोटेक्सनजस्ता सुविधाले प्रयोगकर्तालाई थप सहज अनुभव दिने विश्वास कम्पनीको छ ।