भारतमा चर्चा कमाएको ‘कक्रोच जनता पार्टी’को एक्स अकाउन्ट बन्द

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

सामाजिक सञ्जाल ‘एक्स’ले बिहीबार व्यंग्यात्मक ‘कक्रोच जनता पार्टी’ (सिजेपी)को एकाउन्ट बन्द गरेको छ । उता सोही नामको इन्स्टाग्राममा रहेको व्यंग्यात्मक खाताले एक करोड ९१ लाख फलोअर्स पार गरेको छ ।

यो भनेको भारतको सत्तारुढ ‘भारतीय जनता पार्टी (भाजपा)’ को आधिकारिक अकाउन्टको भन्दा बढी फलोअर्स हो । इन्स्टाग्राम प्लेटफर्ममा भाजपाका करिब ८७ लाख मात्र फलोअर्स हुँदा कक्रोच जनता पार्टीका फलोअर्स एक करोड ९१ लाख पुगेका छन् । याे सँख्या शुक्रबार बिहानको हो । फलोअर्सकाे सँख्या बढ्दो क्रममा छ।

सामाजिक सञ्जालमा यी दुवै खाता अमेरिकाको बोस्टनमा बसिरहेका ३० वर्षका अभिजित दीपकेले बनाएका हुन् । मे १६ मा खोलिएको एक्सको खाता पाँच दिनपछि नै बन्द गरिँदा दुई लाखभन्दा बढी फलोअर्स थिए ।

एक्समा आफ्नो व्यक्तिगत खातामा दीपकेले यस कदमप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ‘सोचेजस्तै कक्रोच जनता पार्टीको खाता भारतमा बन्द गरिएको छ ।’ त्यस्तै उनले यसलाई भारत सरकारको ‘आत्मघाती गोल’को संज्ञा दिएका छन् ।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले गत साता एक सुनुवाइका क्रममा दिएको विवादास्पद अभिव्यक्तिपछि दीपकेले व्यंग्यात्मक रूपमा विभिन्न सामाजिक सञ्जालमा कक्रोच जनता पार्टी खाता खोलेका थिए । प्रधानन्यायाधीश सूर्यकान्तले देशका युवा अभियन्तालाई ‘बेरोजगार’, ‘परजीवी’ र ‘सांग्ला’सँग तुलना गरेका थिए । 

सुझावित समाचार