सात दिनभित्र बाँदर नियन्त्रणको खाका नल्याए सदन चल्न नदिने सांसद राईको चेतावनी

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले नेपाली जनताको ठुलो समस्याको रूपमा बाँदर देखा परेकाले यसको नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले बाँदरकै कारण सयौँ मान्छेको उठीवास लागिसक्दा पनि सरकार यो कुरामा मौन देखिनु गम्भीर विषय भएको उल्लेख गरे । उनले भने, ‘एउटा मान्छेले कमजोरी गरे हात बाँधेर जेलमा थुनिन्छ, तर बाँदरले गरेको ज्यादतीले मान्छे आजित भइसकेका छन् । बाँदर नियन्त्रण नभएसम्म जनताको जीवन परिवर्तनमा ठुलो समस्या हुन्छ ।’

उनले सात दिनसम्म बाँदर समस्या समाधानका लागि खाका तयार नभए सदन चल्न गाह्राे हुने चेतावनी दिए । 

सुझावित समाचार