इबोलाबाट मृत्यु हुनेको संख्या १३९ पुग्यो

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)मा इबोला प्रकोपबाट मृत्यु हुनेको १३९ पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन बैठक बोलायो । अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित यस टोलीले डब्लुएचओ प्रमुखलाई प्राविधिक सल्लाह र सिफारिस प्रदान गर्छन् । 

डब्लुएचओ प्रमुख टेड्रोस घेब्रियसस्ले मंगलबार ‘कंगोमा देखिएको प्रकोपको स्तर र गतिप्रति आफू गम्भीर चिन्तित’ भएको बताए । प्रकोपको केन्द्रविन्दु युगान्डा र दक्षिण सुडानको सिमानामा रहेको उत्तरपूर्वी प्रान्त इटुरी हो । तथापि, भाइरसवरपरका भागमा फैलिएर ‘ग्राउन्ड जिरो’को रूपमा पहिचान गरिएको स्थानबाट २०० किलोमिटर परसम्म भेटिएको कंगोका अधिकारीले बताए ।

हाल कंगोमा प्रकोपको रूप लिएको इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’को मृत्युदर ५० प्रतिशतसम्म छ भने यसको अहिलेसम्म कुनै स्वीकृत खोप पनि छैन । तथापि, विज्ञहरूको प्यानलले मंगलबार एक बैठक गरेर इबोलाको जायर स्ट्रेनविरुद्ध काम गर्ने पुष्टि भएको ‘एर्भेबो’ नामक खोपबारे थप अनुसन्धान गर्नुपर्ने बताए । मानिसमा अध्ययन नभएको यो खोपले पशु अध्ययनमा भने बुन्डिबुग्यो स्ट्रेनविरुद्ध समेत केही सुरक्षा प्रदान गरेको प्रमाण भेटिएको छ ।
 

See More On

सुझावित समाचार