सन् १९९१ : श्रीलंकाको पृथक्तावादी उग्रवादी संगठन तमिल टाइगर्ससँग आबद्ध एक महिलाले आत्मघाती विस्फोटमार्फत भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिन् ।
सन् १८३२ : अमेरिकाको डेमोक्रेटिक पार्टीको पहिलो राष्ट्रिय सम्मेलन मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सम्पन्न भयो ।
सन् १८४० : लेफ्टिनेन्ट जनरल विलियम होबसनले न्युजिल्यान्डमाथि ब्रिटिस सार्वभौमसत्ता दाबी गरे ।
सन् १८७१ : फ्रेन्च फौजले राजधानी पेरिसमा निर्माण भएको समाजवादी शासन ‘पेरिस कम्युन’ अपदस्थ गर्ने उद्देश्यले यसै दिनबाट हिंसात्मक कारबाही सुरु गर्यो । एक हप्ताको अवधिमा १५ हजारसम्म मारिएका थिए ।
सन् १९२० : मेक्सिकोको सैन्य विद्रोहमा राष्ट्रपति भेनुस्तिआनो कारान्जोको हत्या भयो ।
सन् १९२७ : चार्ल्स लिन्डबर्ग आन्द्र महासागर हवाईजहाज एक्लै चलाएर पार गर्दै पेरिस ओर्लिए । उनी यस्तो रेकर्ड राख्ने विश्वको पहिलो व्यक्ति बने । पाँच वर्षपछि यही दिन नै एमेलिया एयरहार्टले महिलातर्फ सोही रेकर्ड राखिन् ।
सन् १९७२ : रिचार्ड निक्सन रुस गएसँगै पहिलोपटक अमेरिकी राष्ट्रपतिद्वारा सोभियत युनियनको भ्रमण ।
सन् १९९१ : विद्रोही फौज राजधानी अदिस अबाबा नजिकिएसँगै मार्क्सवादी राष्ट्रपति मेन्गिस्टु हेली मरियम राजीनामा दिएर भागे ।
सन् १९९८ : इन्डोनेसियाका राष्ट्रपति सुहार्तोले राजीनामा दिएसँगै उनको ३१ वर्ष लामो शासन अन्त्य भयो ।