मुक्तिनाथ विकास बैंकद्वारा दुई संस्थालाई ह्विलचेयर हस्तान्तरण

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थाहरूलाई सहयोगस्वरूप ह्विलचेयर प्रदान गरेको छ। बैंकले कैलालीको धनगढी—१ स्थित सेती प्रादेशिक अस्पताल र काठमाडौंको गोकर्णेश्वरस्थित युवा अपांग संगठन नेपाललाई १०–१० थान ह्विलचेयर हस्तान्तरण गरेको हो।

सेती प्रादेशिक अस्पतालमा आउने इमर्जेन्सी बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै ह्विलचेयर सहयोग गरेको बैंकले जनाएको छ।

यसैगरी, युवा अपांग संगठनलाई गरेको सहयोगले फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने बैंकको अपेक्षा छ।

यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेष गरी दिगो स्वास्थ्य र सुस्वास्थ्य तथा असमानता न्यूनीकरणसम्बन्धी दिगो विकास लक्ष्यहरूलाई सहयोग पुर्याउने विश्वास गरेको छ।

सुझावित समाचार