संसद् भवनअगाडि जेन–जी सहिदको सालिक निर्माण गर्न सांसद खतिवडाको माग

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाकी सांसद रचना खतिवडा खत्रीले संसद् भवनअगाडि जेन–जी सहिदको सालिक निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छिन्।

प्रतिनिधिसभाको  बैठकमा बोल्दै सांसद खतिवडाले सहिदहरूको योगदानको सम्मानस्वरूप सालिक निर्माण प्रक्रिया तत्काल अघि बढाउनुपर्ने बताइन्।

उनले सहिदहरूको बलिदान र घाइतेहरूले भोगेको पीडालाई केवल औपचारिक सम्मानमा सीमित नगरी व्यावहारिक रूपमा पनि न्याय दिन सरकारलाई आग्रह गरिन्।

सुझावित समाचार