बैंकमा पैसा थुप्रिनु मात्र समृद्धिको संकेत होइन : विदुषी राणा

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बैंकमा पैसा थुप्रिनु मात्र समृद्धिको संकेत नभएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राणाले त्यो पैसा उत्पादन, रोजगारी र उद्यमशीलतामा परिचालन भए मात्र अर्थतन्त्र चलायमान हुने उल्लेख गरिन् ।

राणाले बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ७८ खर्ब ८९ अर्ब पुगेको उल्लेख गर्दै ब्याजदर न्यून हुँदा पनि १० खर्बभन्दा बढी लगानीयोग्य पैसा बैंकमा थुप्रिनु गम्भीर विषय भएको उल्लेख गरिन् । 

चालू आर्थिक वर्षको नौ महिनामा कर्जाको वृद्धिदर केवल ५.७ प्रतिशत मात्र भएको भन्दै बचत खाता ६ करोडभन्दा बढी हुँदा कर्जा खार्ता २० लाख मात्र भएको उल्लेख गरिन् । कर्जा लिएर उद्यम व्यवसाय विस्तार गर्न उत्पादनमा लगानी गर्न सही वातावरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सुझावित समाचार