न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छिन् । मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएसँगै बुधबारबाट मल्ल २० दिन बिदामा बसेकी हुन् ।
०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल वरिष्ठताका आधारमा गरेको भए अहिले प्रधानन्यायाधीश हुने थिइन् ।
तर, संवैधानिक परिषद्ले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेसँगै उनी अवसरबाट चुकेकी हुन् । शर्माले बुधबारै शपथग्रहण गरी पदभार सम्हालिसकेका छन् ।