किम्फमा २९ देशका ५० भन्दा बढी चलचित्र देखाइने

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करण मे २७ देखि ३१ सम्म हुने भएको छ। काठमाडौंको ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा आयोजना हुने महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिनेछन्।

यस वर्ष किम्फले नेपाली चलचित्रप्रेमी, फिल्मकर्मी तथा आम दर्शकमाझ अन्तर्राष्ट्रियस्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र तथा साहसिक चलचित्रहरू प्रस्तुत गर्ने भएको छ। नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्रहरू समावेश गरिएका छन्।

‘यस वर्षको चलचित्र तथा कार्यक्रमहरूको सूचीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई असर गर्ने समसामयिक विषयमा गम्भीर संवादका लागि प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ महोत्सव निर्देशक राम्यता लिम्बू भन्छिन्।

See More On

सुझावित समाचार