नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सत्तापक्षले देश चलाउन नसक्ने भए प्रतिपक्षलाई दिन चेतावनी दिएका छन्। ‘हामीले देश पहिला पनि चलाएका हौँ, अब पनि चलाउँछौँ । तर, संसद्को थिति बदल्न पाइँदैन,’ उनले भने ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्ने क्रममा अर्थमन्त्री अनुपस्थित भएको भन्दै उनी ड्यासमा उभिएर नबोल्ने घोषणा गरे ।
जसले प्रस्ताव गर्यो ऊ नै नआएपछि आफ्नो कुरा राख्नुको औचित्य नभएको भन्दै उनले थिति र परम्परा बदल्न चाहन्नँ भन्दै अर्थमन्त्री नआउन्जेल नबोल्ने बताए । संसद्लाई प्रधानमन्त्री र अर्थमन्त्रीले हेपेको उनको आरोप थियो ।